कैदीबन्दीलाई सीपमुलक तालिम

घोराही । दाङको घोराही कारागारमा रहेका कैदीबन्दीलाई दिइएको सिपमुलक तालिमको आज एक कार्यक्रमका बीच समापन भएको छ ।

कारागार कार्यालय घोराहीको आयोजना तथा समाज कल्याण केन्द्र दाङको समन्वय एवम् घोराही उपमहानगरपालिका वडा नम्बर १५ को आर्थिक सहयोग र नयाँ पाईला पुर्नस्थापना केन्द्रको सौजन्यमा पाँच दिने सीपमुलक प्रदान गरिएको थियो ।

समाज कल्याण केन्द्रकी अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको विशिष्ठ आतिथ्यतामा तालिमको समापन गरिएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले आत्मनिर्भरता समृद्धिको पहिलो आधार भएको बताएका छन् ।

हरेक समयलाई सिपसँग जोड्न सके परनिर्भरतालाई शुन्यमा लैजानु सकिने उनीहरुको भनाइ थियो ।

कैदीबन्दीहरुले पाँच दिनको अबधिमा मैनवत्ती, अगरबत्ती, सरफ बनाउन तालिम सिकेका हुन् । तालिमको मुख्य प्रशिक्षकमा विष्णु थापा रहेका थियो ।

प्रकाशित मिति : २०७९ असोज ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस