आज सुनको भाउ तोलामा ४ सयले घट्यो

काठमाडौं । आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको छ ।

सोमबार सुन तोलाको ९१ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँ घटेको चाँदीको भाउ १ हजार १ सय ७५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस