काठमाडौं । नेकपा माओवादीले २०६४ देखि यता केही निर्वाचन क्षेत्रमा लगातार जित निकालिरहेकाे छ । बृहत शान्ति सम्झौतापछि शान्तिपूर्ण राजनीतिमा फर्केको माओवादीले एक दर्जन जिल्ला तथा निर्वाचन क्षेत्रमा एक दर्जनबढी नेताहरूले लगातार जित हाँसिल गरिहेका छन् ।
२०६४ सालमा देशकै ठुलो राजनीतिक शक्तिकारुपमा उदाएको माओवादी पछिल्ला निर्वाचनमा केही खुम्चिएको देखिन्छ । युद्धकालमा आफ्नो आधार क्षेत्र बनाएका स्थानहरुमा भने आफ्नो वर्चश्व कायम नै राखी राखेको छ । माओवादीले २०६४ सालमा देशका अधिकांश स्थानमा आफ्नो जित हाँसिल गरेको भए पनि २०७० र ०७४ मा भने केही खुम्चिन पुगेको थियो ।
त्यो कारण हो पार्टी फुट, अन्तरद्वन्द्व र अन्तरघात नै थियो । त्यसका बावजुत पनि केही क्षेत्रमा एक छत्र प्रभाव पारिरहेकाे छ । माओवादीले राेल्पा, रूकुम, प्युठान, जाजरकाेट, सिन्धुली, सिन्धुपाल्चाेक, रामेछाप, बर्दिया, कैलाली, राैतहटलगायतका जिल्लामा लगातार जित निकालिरहेकाे छ ।
गणतन्त्र यता संविधानसभा र संसदीय चुनाव लगातार जित्ने नेतामध्ये अध्यक्ष प्रचण्ड पहिलाे नम्बरमा पर्दछन् । शान्ति प्रकृयामा प्रवेश गरेसंगै जनयुद्ध र जनआन्दोलनकाे संयाेजन गर्न भन्दै अध्यक्ष प्रचण्ड राेल्पा र काठमाडौंबाट उठे र दुवै स्थानमा जिते ।
२०७० काे चुनावमा प्रचण्डले सिराहा ५ र काठमाडौं १० बाट चुनाव लडे । काठमाडौंमा पराजित भएपनि सिराहाबाट विजयी भए । २०७४ काे चुनावमा एक स्थानबाट मात्रै चुनाव लड्न पाउने संवैधानिक व्यवस्था भएपछि प्रचण्डले चितवनबाट चुनाव लडे र जिते । माओवादीमा प्रचण्ड गणतन्त्र पछि लगातार चुनाव जित्ने नेतामध्यमा पर्दछन् ।
गोरखा जिल्ला माओवादी लालकिल्ला झैं देखिएको छ । गत स्थानीय चुनावमा माओवादीले झण्डै एकछत्र जितेको गोरखामा कहिले डा.बाबुराम भट्टराई कहिले हरिराज अधिकारीलगायतले लगातार जित निकालिरहेका छन् ।
अर्घाखाँची पनि माओवादीले लगातार जितिरहेको जिल्ला हो । सो जिल्लाबाट तत्कालिन माओवादीको टोपबहादुर रायमाझीले लगातार चुनाव जिते । तर हाल उनी नेकपा एमाले प्रवेश गरेका छन् । पछिल्लो समय माओवादीबाट एमालेमा प्रवेश गरेका प्रभु शाहले रौटहटमा माओवादीलाई सफलतामा पुर्याएका थिए ।
२०६४ काे चुनावमा शक्ति बस्नेतले चुनाव नै लडेनन् । जाजरकोटबाट शक्ति बस्नेतले ०७४ मा जित हाँसिल गरेका थिए । सल्यानमा टेक बहादुर बस्नेतले ह्याट्रिक हानेका छन् ।
यस्तै रोल्पामा कृष्णबहादुर महरा, वर्षमान पुनले लगातार जित निकालेर जनमत आफ्नो पक्षमा लिन सफल भएका छन् । रुकुममा पनि अहिलेसम्म माओवादीले आफ्नो कव्जा जमाइ रहेको छ । रुकुममा जनार्दन शर्मा लगातार विजयी भएका छन् ।
बर्दियामा सन्तबहादुर थारुले माओवादीको वर्चश्व कायमै राखेका छन् । काठमाडौं पूर्व माओवादीको आधार क्षेत्रका रुपमा रहेका सिन्धुपाल्चोक, रामेछाप तथा सिन्धुलीमा पनि तीनवटै निर्वाचनमा माओवादीले जीत हाँसिल गरेको थियो । सिन्धुपाल्चोमा माओवादी नेता तथा सभामुख अग्नी प्रसाद सापकोटाले निरन्तर जित हाँसील गर्दै आएका छन् ।
महाेत्तरीमा माओवादीका गिरिराजमणी पाेखरेलले लगातार जित निकालिरहेका छन् । उनी ह्याट्रिक हान्ने नेतामा पर्दछन् । माओवादीमा ०६४ पछिका दिनमा जनतासँगकाे सम्बन्ध नछाेडेर जनपक्षीय काम गरिरहेकाे भए माओवादी अहिलेकाे अवस्थामा हुने थिएन ।
नेताहरूमा ब्यक्तिवादी सोच नआएको भए र युद्धकालमा जनतालाई देखाइएको सपनालई पुरा गर्नका लागि नेता तथा कार्यकर्ता निरन्तर लागीरहेको थियो भने अहिले माओवादी देशकै ठुलो राजनीनिकदल हुनेमा कुनै शंका नरहेको वाम विश्लेषकहरु बताउँछन् ।
मंसिर ४ मा हुने चुनावमा माओवादीले जसकाे विचार उसैकाे नेतृत्व हुनुपर्ने भन्दै मत माग्ने अभियान चलाइरहेकाे छ।


