रोल्पामा टिकटक बनाउने क्रममा खोलाले बगाउँदा किशोरीको मृत्यु

रोल्पा । रोल्पामा टिकटक बनाउने क्रममा खोलाले बगाएर एक किशोरीको ज्यान गएको छ । खोलाले बगाएर सुनिलस्मृति गाउँपालिका ४ सुलिचौरकी १४ वर्षीया फरिदा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुलबाट फर्केर टिकटक बनाउनका लागि साथीहरूसँग खोलामा खेल्न गएकी खातुनलाई सुलिचौर बजार नजिकै रहेको फगाम खोलाले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता भएको खबर पाएलगत्तै प्रहरी र स्थानीयवासीले खोजी गर्दै जाँदा सुनिलस्मृति – २ खुङ्ग्रीको लुङ्ग्री खोलाको किनारमा शव भेटिएको प्रहरीले जनाएको छ ।

तीन जना किशोरी फरिदा खातुन, नाजुमा खातुन र अर्का एक जना खोलाको किनारमा टिकटक बनाउँदै खेल्ने क्रममा फरिदालाई खोलाले बगाएको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस