
काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशत भन्दा माथिको गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से २१.९७ अंक (१।१० प्रतिशत) ले गिरावट भएर १९७३.३८ अंकमा बन्द भएको हो ।
नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक २.४२ प्रतिशत र हाइड्रोपावर उपसूचक २.१७ प्रतिशतले गिरावट भएको छ । त्यस्तै बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.५३ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेमा गिरावट हुँदा बुधबार पनि कारोबार रकम १ अर्बमा सीमित भएको छ । साताको पहिलो कारोबार दिन आइतबार २ अर्ब नाघेको कारोबार रकम सोमबार १ अर्ब २६ करोडमा झरेको थियो भने मंगलबार तिजको दिन १ अर्ब १ करोडमा सीमित भयो ।
साताको चौथो कारोबार दिन बुधबार नेप्सेमा २९ लाख ९२ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १२ करोड ६२ लाख १८ हजारको कारोबार भएको छ ।
जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक १० करोड ७४ लाख ८४ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ६ करोड ४० लाख २४ हजार र राप्ती हाइड्रोपावरको ३ करोड २७ लाख ८९ हजारको कारोबार भएको छ ।
बुधबार कारोबार भएकामध्ये आरबीबी म्युचुअल फण्ड १ को इकाइ मूल्य १.९७ प्रतिशतले वृद्धि हुँदा नेपाल इन्भेष्टमेन्ट बैंक ऋणपत्र २०७४ को मूल्य १.९४ प्रतिशतले बढेको छ । त्यस्तै उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य १.६१ प्रतिशतले वृद्धि भएको छ ।
यता हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्य सर्वाधिक ६.८६ प्रतिशतले गिरावट हुँदा हपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनीको सेयर मूल्य ५.२२ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ५.१९ प्रतिशतले गिरावट भएको छ ।