
घोराही । नेकपा माओवादी केन्द्रको दाङ जिल्ला इन्चार्जमा निर्मल आचार्य चयन भएका छन् । शनिवार लुम्बिनी प्रदेश समितिको बैठकबाट प्रस्तावित पोलिटब्युरो सदस्य आचार्यले दाङ जिल्ला इन्चार्जको जिम्मेवारी पाएका हुन ।
यसअघि जिल्ला इन्चार्ज भएका जीवन गौतम एमाले प्रवेश गरेपछि आचार्यले जिल्ला इन्चार्जको जिम्मेवारी पाएका हुन । आचार्य दाङ जिल्लाका स्थापित नेताका रुपमा चिनिन्छन् ।
प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार