धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) आज बिहान बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ३० हजार ९ सय २४ जनाले १०–१० कित्ता र ५ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट र कम्पनीको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ ।

कम्पनीले निष्काशन खुला गरेको आईपीओमा १९ लाख ५२ हजार ४ सय ६० जनाको आवेदन परेको थियो ।

साउन २४ गतेदेखि २९ गतेसम्म निष्काशन खुला भएको आईपीओमा २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपियाँ बराबरको २ करोड १७ लाख २१ हजार ५ सय ७० कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीले निष्काशन गरेको कूल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

प्रकाशित मिति : २०७९ भाद्र ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस