समानुपातिकतर्फको निर्वाचनमा भाग लिन निवेदन आह्वान

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आह्वान गरेको छ ।

आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आह्वान गरेको हो ।

निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सूचनाअनुसार १० भदौदेखि १२ भदौसम्म समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिसक्नु पर्नेछ ।

आयोगका अनुसार समानुपातिकतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

आयोगले गत साउनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दा ८७ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।

प्रकाशित मिति : २०७९ भाद्र ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस