काठमाडौं । धौलागिरी लघुवित्तले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो।
यो मध्ये ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र शुन्य दशमलव ५५ अर्थात् ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।
बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओ निष्कासनका लागि कम्पनीले गराएको रेटिङमा क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले ‘केयर एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।
पछिल्लो तिन आर्थिक वर्षको परिस्कृत वित्तीय विवरण अनुसार लघुवित्त लगातार नाफामा रहेको छ । आब २०७७र७८ को लेखापरीक्षण पछिको विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ६६ पैसा रहेको छ ।
हाल सात करोड रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको चुक्ता पुँजी आईपीओ निष्कासनपछि १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ ।