काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले १३ साउन शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री खुला गरेको हो ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासन गरेको छ ।
आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेर बिक्री नभएको १ लाख २१ हजार ६० कित्ता समेत गरी सात लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासन खुला गरेको हो । जसमध्ये ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ । बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको हो ।
आईपीओ निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले बाग्लुङ जिल्लाको ताराखोला गाउँंपालिकामा २।५ मेगावट क्षमताको दरम खोला ‘ए’ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन शुरु गरिसकेको छ ।