सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो

काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय र तेजावी सुनको मूल्य ९४ हजार एक सय रुपैयाँ थियो । आज चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँबाट घटेर ११ सय ४५ रुपयाँमा झरेको छ ।

प्रकाशित मिति : २०७९ असार ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस