सुनको मूल्य तोलामा ४ सयले बढ्यो

काठमामाडौं । सोमबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको हो ।

बढेको मूल्य अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य तोलामा एक हजार २५५ रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय र तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा एक हजार २४५ रुपैयाँ थियो ।

प्रकाशित मिति : २०७९ असार १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस