तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला

काठमाडौं । तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङमा भेटिएको छ । विमानमा सबै सबै यात्रुको मृत्यु भएको सेनाले पुष्टि गरेको छ।  

सेनाका अनुसार थाङसाङ–२ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको हो । विमान टुक्राटुक्रा भएको छ भने शव यत्रतत्र छरिएको अवस्थामा फेला परेको छ ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको छ ।

यार्सागुम्बा टिप्न गएकाहरुले दुर्घटनाबारे जानकारी गराएपछि उद्दार टोली घटनास्थलमा पुग्न सफल भएको थियो । आइतबार विमान पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटना हुन पुगेको थियो ।

आइतबार दिनभर विमानको अवस्था पत्ता लगाउन खोजीकार्य जारी राखिए पनि आइतबार मात्रै स्थान लोकेट भएको हो । विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस