शान्तिनगर । शान्तिनगर गाउँ पालिकाले आज देखि गर्भवती महिलाहरुका लागि चिराघाट स्वास्थ्य चौकिमा भिडियो एक्सरे संचालनमा ल्याएको छ।
शान्तिनगर गाउँ पालिकामा रहेका ४औ र ८ औ महिनाका गर्भवती महिला हरुका लागि भिडियो एक्सरे संचालनमा ल्याइएको शान्तिनगर स्वास्थ्य संयोजक हरि पुनले जनाएका छन।
भिडियो एक्सरेको उद्घाटन शान्तिनगर गाउँ पालिकाका अध्यक्ष प्रमोद बस्नेतले गर्नु भएको थियो एक्सरेको उद्घाटन गर्दै अध्यक्ष बस्नेतले शान्तिनगरका सबै वडा स्वास्थ्य चौकिमा क्रमिक तरिकाले यो सेवा लाई बिस्तार गरिने बताउनु भएको छ।
आज मात्रै वडा नम्बर ३ र ४ का चार जना गर्भवती महिला हरु लाई भिडियो एक्सरे सेवा प्रदान गरिएको संयोजक पुनले जनाएका छन।
प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार


