तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं १२ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका खुशिराम चौधरी निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेका मानबहादुर केसीलाई २०४ मतले पछि पार्दै निर्वाचिन भएका हुन् । निर्वाचित चौधरीले २ हजार ४ मत प्राप्त गरेका छन्भ ने निकटतम प्रतिष्पर्धी एमालेका केसीले १ हजार ८ सय मत प्राप्त गरेका छन् ।
वडामा अध्यक्षसहित पुरै गठबन्धनको प्यानल निर्वाचित भएको हो । दलित महिला सदस्यमा नेकपा माओवादी केन्द्रका बिमला विश्वकर्मा १८०१ मत ल्याउँदै निर्वाचित भएकी छिन् । यस्तै महिला सदस्यमा केन्द्रकै कमला घर्ती मगर १८८८ मत ल्याई निर्वाचित भएकी छिन् ।
यस्तै खुल्ला सदस्यमा नेपाली कांग्रेसका धनराज गौतम १७८३ र कांग्रेसकै शेषमणी भण्डारीले १७१४ मत प्राप्त गरी निर्वाचित भएका छन् । वडा नम्बर १२ मा यसअघि नेकपा एमालेले जितेको थियो । यसपटक एमालेले बिरासत जोगाउन सकेन ।