दाङका ८ वटा पालिकाको मतगणना सकियो, दाङमा ५ काँग्रेस, ३ माओवादी विजयी


दाङ। दाङमा अहिले सम्म ८ वटा पालिकाहरुको मतगणना सकिएको छ । जिल्लाको दश वटा पालिका मध्य ८ वटा पालिकाको मतगणना सकिएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । बाँकी तुलसीर उपमानगरपालिका र घोराही उपमहानगरपालिकाको मतगणना भने जारी रहेको छ ।


मतगणना सकिएको पालिका मध्य ५ वटा पालिकामा नेपाली कांग्रेसले जित हासील गरेको छ भने ३ वटा पालिकामा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ ।


जसमा बबई गाउँपालिकामा नेपाली कांग्रेस तर्फका अध्यक्ष कुल बहादुर खत्री निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा पनि नेपाली काग्रेसकी बम कुमारी खड्का निर्वाचित हुनुभएको छ । शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेसका प्रमोद बस्नेत निर्वाचित हुनुभएको छ । भने उपाध्यक्षमा प्रेमकुमारी बुढाथोकी निर्वाचित हुनुभएको छ ।

त्यसैगरी दंगीशरण गाउँपालिकामा नेपाली काग्रेसका शम्भु गीरी निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा पिमा कुमारी वली निर्वाचित हुनुभएको छ । बंगलाचुली गाउँपालिकामा नेकपा माओवादीका केन्द्रका तुलसीराम पुन मगर निर्वाचित हुनभएकोछ भने उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जि.सी.निर्वाचित हुनुभएको छ । लमही नगरपालिकामा नेपाली काग्रेसका जोगराम चौधरी निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा कांग्रेसकी लक्ष्मी योगी निर्वाचित हुनुभएको छ । राप्ती गाउँपालिकामा नेकपा माओवादी केन्द्रका प्रकाश विष्ट निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा नेकपा एमालेका कमलपति चौधरी निर्वाचित हुनुभएको छ ।

यस्तै गढवा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका यमनाराण शर्मा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा नेपाली काँग्रेशका शारदा कुमारी चौधरी निर्वाचित हुनुभएको छ । राजपुर गाउँपालिकामा नेपाली कांग्रेसका शरदकुमार बुढाथोकी निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा धनपती देवी यादब निर्वाचित हुनुभएको छ ।


यता दुइ उपमहानगरपालिका मध्य घोराहीमा एमालेको अग्रता छ भने तुल्सीपुरमा अहिलेसम्म गठवन्धनको अग्रता रहेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस