
शान्तिनगर । दाङको शान्तिनगर वडा नम्बर २ बाट वडाध्यक्षमा २७ बर्षीय सुनिल वली विजयी हुनु भएको छ ।
उहाँले ७४८ मत ल्याएर विजयी निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका ठाकुर प्रसाद केसीले ६४१ मत प्राप्त गरेका थिए । उनीहरुबीचको मतान्तर १०१ रहेको छ । त्यस्तै काँग्रेसका उम्मेदवार टोपेन्द्र कुमारी खड्काले ४७६, एमालेका उम्मेदवार पूर्णबहादुर वलीले ३१४ मत प्राप्त गरेका थिए ।
वडाध्यक्ष विजयी भएका वली काँग्रेस निकट थिए । तर, उनले युवाहरु राजनीतिमा आउनु पर्ने भन्दै स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।
प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार