एमाले महासचिव शंकर पोखरेलले गरे मतदान

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मतदान गर्नुभएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ को जनता विद्यापीठ विजौरीको ख केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो ।

उहाँले मतदान गर्नुभएको वडामा मतदाता सङ्ख्या ४ हजार ८ सय ४० रहेको छ । सो वडामा यसअघि नेकपा एमालेको वडा अध्यक्षसहित पुरै टिम विजयी भएको थियो ।

तुलसीपुर उपमहानगरपालिकामा अहिले मेयरमा एमालेका तर्फबाट टीकाराम खड्का र गठबन्धनका तर्फबाट काँग्रेसका गेहेन्द्र गिरी उम्मेद्वार हुनुहुन्छ ।

प्रकाशित मिति : २०७९ बैशाख ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस