काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले सस्तो भएको छ ।
चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
सोमबार ९८ हजार ७ सय रुपैयाँ छापावल र ९८ हजार २ सय रुपैयाँमा तेजावी सुनको खरिद(बिक्री भएको थियो ।
चाँदीको मूल्य तोलामा १२सय ७५ रुपैयाँ तोकिएको छ । हिजो प्रतितोला १२ सय ८५ रुपैयाँमा चाँदीको खरिद(बिक्री भएको थियो ।
प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार


