काठमाडौं । यातायात व्यवस्था विभागले जेठको पहिलो सातादृखि लाइसेन्सको आवेदन खुला गर्ने तयारी गरेको छ । त्यसपछि स्मार्ट सवारी लाइसेन्सको नियमित र सहज वितरण सुरु गर्ने विभागको दाबी छ ।
विभागका प्रवक्ता इश्वरीदत्त पनेरुकाअनुसार वैशाख मसान्तसम्म सबै लाइसेन्स कार्यालयहरुले यसअघि फारम भरेकाहरुको परीक्षा लिइसक्ने अनुमान गरिएको छ । १ चैतदेखि देशभरका यातायात कार्यालयका लागि अनलाइन आवेदन बन्द गरिएको थियो ।
एउटा नागरिकता नम्बर भएका व्यक्तिले एकपटक मात्रै अनलाइन आवेदन भर्नसक्ने बनाएर बिचौलिया रोक्ने विभागको योजना छ । अब अनलाइनबाट नियन्त्रणात्मक व्यवस्था गरेर मात्रै लाइसेन्सको आवेदन भर्न दिने तयारी छ ।
ट्रायलमा पास भएर नयाँ लाइसेन्स बनाउनेहरुका लागि एक वर्षको परीक्षणकालीन लाइसेन्स जारी भइरहेको जानकारी दिँदै विभागले नयाँ आवेदन खुलेपछि नवीकरण गर्नेहरुले एक महिनाभित्रै स्मार्ट लाइसेन्स पाउने दावी गरेको छ । शुल्क लिएर घरसम्मै डेलिभरी गरिदिन सक्दे दाबी समेत विभागको छ ।
यसअघि फारम भरिसकेका ५ लाख ७२ हजार सेवग्राहीले कहिले पालो पाउँछन् भन्ने अनिश्चित भएपछि जेठसम्म सबैलाई परीक्षामा सामेल गराउने भन्दै नयाँ फारम लिन बन्द गरिएको थियो ।