विजौरी । गठबन्धनले तुलसीपुर उपमहानगरपालिका वडा नंं १८ मा चुनाव प्रचार–प्रसारलाई तीब्ररुपमा अगाडी वढाएको छ ।चुनाव नजिकिदै गर्दा आप्mना चुनावी गतिविधिलाई पनि अगाडी वढाएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा नदिए पनि उम्मेदवारले घरदैलो कार्यक्रममा मतदाता शिक्षा दिदैछन् ।
वडा नंं. १८ का वडाध्यक्षका उम्मेदवार माओवादी केन्द्रका पूर्णबहादुर डाँगी, खुल्ला सदस्य धनबहादुर डाँगी, विदुर गौतम, महिला सदस्य चित्रा धिताल, दलित महिला सदस्य सुनिता दमाई, चुनावी मैदानमा छन ।
नेपाली काँग्ग्रेसका वडासभापति तथा १८ का चनावी संयोजक विरेन्द्र खड्का, नेपाली कांग्रेसका क्षेत्रिय सभापति हिमवहादुर डाँगी, माओवादी केन्द्रका वडाध्यक्ष लोकबहादुर बहकरी, एकीकृत समाजवादी डिल्ली पुनलगायतको सहभागिता रहेको थियो ।
त्यस अवसरमा वडाध्यक्षका उम्मेदवार डाँगीले वडाको समग्र विकासकालागि गठबन्धनको टिमलाई जिताउन अनुरोध गरेका थिए ।