कराँते वेल्ड ग्रेडिङ्ग तथा दिक्षान्त समारोह सम्पन्न

दाङ । गोजुरियो कराँते खेलाडीहरुको वेल्ड ग्रेडिङ्ग तथा दीक्षान्त समारोह सम्पन्न भएको छ । सहिद विदुर स्मृति डोजोको आयोजनामा भएको वेल्ट ग्रेडिङ्ग तथा दिक्षान्त समारोहमा १७ जना खेलाडीहरु दिक्षित भएका छन ।

सहिद विदुर स्मृति डोजो जाजरकोट खलंगा थाप्लेमा खेल्दै आएका खेलाडीहरु मध्य ४ जना ग्रीन बेल्ट, ८ जना ओरेन्ज र ५ जनालाई एलो बेल्ट प्रदान गरि दिक्षितत गरिएको हो ।

नेपाल गोजुरियो करांतेका प्रमुख प्रशिक्षक बि.आर मित्रले नेतृत्व गरिरहेको गोजुरियो कराँतेका वरिस्ठ प्रशिक्षक वीरेन्द्र बिक लगाएत प्रशिक्षकको टिमले खेलाडीहरुलाई आत्म अनुशासनसँगै,आवश्यक ट्याक्निक, ट्याक्टिस र स्किलकाबारेमा विशिस्ठ प्रशिक्षण दिएको थियो ।

त्यसैगरी सोही समारोहमा नेपाल गोजुरियो कराँते दो संघका केन्द्रीय अध्यक्ष तथा भेरी नगरपालिकाका निवर्तमान नगर प्रमुख सिपि घर्तीले जिल्लामा कराँते खेलको विकास र बिस्तारका लागि दश हजार बराबरको कराँते सामग्री प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाल गोजुरियो कराँतेका बरिस्ठ प्रशिक्षक हरिशचन्द्र राना, सहिद विदुर स्मृति डोजो प्रमुख प्रेम विश्वकर्मा, हुम बहादुर परियार, अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक निशाना रोका मगर र एमेसन चौधरी, खेलाडीका अभिभावक, जिल्ला खेलकुद विकास समिति जाजरकोटका अध्यक्ष नर बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

एशियन गोजुरियो करातेका महासचिव र विश्व कराते अध्यक्ष एन्टोनियो स्पिनोस बिच भेटघाट

उता एशियन गोजुरियो कराते महासंघका महासचिव तथा नेपाल कराते महासंघका महासचिव बिआर मित्रले विश्व कराते महासंघका अध्यक्ष एन्टोनियो स्पिनोससंग भेटघाट गरेका छन् ।

उनीहरु बिच विश्व कराते महासंघले नेपालको करातेलाई हेर्ने दृष्टिकोण, करातेको पछिल्लो अवस्था, आपसी सहयोग लगायतका विषयमा छलफल भएको छ ।

कराते महासंघका महासचिव बिआर मित्र पुर्चुगलमा भर्खरै सम्पन्न भएको विश्व कराते प्रीमियर लिग २०२२ मा भाग लिन गएका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस