काठमाडौं । सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बताए ।
उनकाअनुसार कार्यालय समय भने विहान ९ः३० देखि ५ः३० सम्म बढाइएको छ ।
प्रकाशित मिति : २०७९ बैशाख १४ गते बुधवार