काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार बजारमा सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ४ सयले घटेर १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेर १ हजार ४ सय २० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०७९ बैशाख ६ गते मङ्गलवार