बिजौरीमा व्यावसायिक तरकारी खेती सम्बन्धी तालिम

बिजौरी । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरीमा दुई दिने व्यावसायिक तरकाखेती तालिम सम्पन्न भएको छ । बिजौरी स्थित जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको आयोजनामा भएको तालिम मंगलबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो ।

संस्थाको १२ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको तालिममा ४० जनाको सहभागिता रहेको थियो । तालिममा कृषि प्राविधिक तथा तालिक सञ्चालक पशुपति शर्माले व्यावसायिक तरकारी खेती गर्दा के कस्तो कुरामा ध्यानु दिनु पर्छ भन्ने विषयमा जानकारी गराएका थिए । त्यस्तै प्रशिक्षणको क्रममा शर्माले सहभागीहरुले बुझेको, नबुझेको बारे सोध्नुका साथै सहभागीहरुले राखेका जिज्ञासामा उनले प्रतिउत्तर दिएका थिए ।

प्रशिक्षणको क्रममा विभिन्न सामाजिक सञ्जाल प्रयोगका कारण कृषकहरु तरकारी खेती तथा कृषि ध्यान नदिएको शर्माले बताए । साथै उनले तालिममा सहभागीहरुलाई आफुले खाने मात्र तरकारी खेती गर्दा दैनिक तरकारी किन्ने पैसा खुत्रुकेमा जम्मा गर्ने हो भने संस्थाबाट लिएको ऋण तिर्न पुग्ने बताएका थिए ।

तालिममा सहभागीहरुलाई बेमौसमी विभिन्न किसिमका तरकारीहरुको विउ विजन वितरण गरिको संस्थाका शाखा प्रमुख सुमन पौडेलले जानकारी दिए ।

यसैबिच संस्थाको वार्षिकोत्सवको अवसरमा आइतबार मानवसेवा आश्रम तुलसीपुरका वृद्धवृद्धाहरुलाई कपडा र फलफुल पनि वितरण गरिएको प्रमुख पौडेलले जानकारी दिए । केन्द्रीय कार्यालय बुटवलमा रहेको संस्थाको शाखा कार्यलय बिजौरीमा २०७४ सालमा स्थापना भएको थियो । हाल संस्थामा १३ सय ६५ सेयर सदस्य छन् ।

कोहलपुर बेस अनुगमन अधिकृत डिल्ली रमण खड्काको अध्यक्षता तथा बिजौरी उद्योग वाणिज्य संघका महासचिव बिदुरराज गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको हो । संस्थाका कर्मचारी अञ्जली बर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अविनास चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस