देउखुरीका जनता माझमा राप्रपा

बिजौरी । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति दाङका अध्यक्ष क्षेत्रबहादुर बस्नेत तथा पार्टीका महामन्त्री एवं नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख डा. धवल सम्शेर राणाको प्रमुख आतिथ्यतामा लमहीमा, भालुबाङ, कालाकाटे, गढवा र जङ्रवामा भएको कोणसभा तथा मोटरसाईकिल र्यालि सम्पन्न भएको छ ।

लमही उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष शोभाकर घिमिरे लगायत सयौ जना पार्टीमा प्रवेश गरेका छन् । नव प्रपेशीहरुलाई पार्टीका महामन्त्री डा धवल शमशेर राणाले टिका लगाएर स्वागत गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि डा. राणाले परिवर्तनको चाहनालाई राप्रपाले सम्बोधन गर्नुपर्ने विश्वास दिलाएका थिए । आगामी चुनावमा राप्रपाले हेलचक्र्याइ नगरी संगठन विस्तारमा लाग्नुपर्ने कार्यकर्तालाई निर्देशन दिएका थिए । साथै राप्रपामा निप्रतिदिन आकर्षण बढ्दै गएकोले र जनताको आकर्षणलाई भोटमा परिणत गर्नुपर्ने सुझाव दिएका थिए ।

जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेतले नव प्रवेशीहरुलाई जिल्लामा स्वागत गर्नुको साथै उपयुक्त स्थानमा जिम्मेवारी दिने बताएका छन् ।

सो अवसरमा लमही उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष शोभाकर घिमिरे, भूपाल रावत, नर बहादुर बुढाथोकी, वंशीकुमार शर्मा, प्रदिप कुवर, प्रेमबहादुर शाह, दिपक धिताल, उमाकान्त भण्डारी, विवेक बुढाथोकी, लक्ष्मण केसी, हिरालाल खड्का, हंशराज केसी, गेहेन्द्र बस्नेत, लालबहादुर केसी, लिला यादव, जिल्ला महिला संघकी अध्यक्ष बिमला घर्ती, बलिराम लोधलगायतकाले बोलेका थिए ।

जिल्ला उपाध्यक्ष गिरिजा चौधरीको स्वागत मन्तव्यबाट मोटरसाइकिल र्याली सुरु भएको थियो भने क्षेत्रीय अध्यक्ष लिला यादव, क्षेत्र नं १ प्रदेश क का अध्यक्ष कमल नारायण चौधरी, १ ख का अध्यक्ष शेषमणि घिमिरे लगायत युवाहरुले मोटरसाइकिल र्यालीको व्यवस्थापन गरेका थिए ।

स्थानीय निर्वाचन नजिकिएसँगै राप्रपाले जनतामाझ कार्यक्रमहरु गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस