माओवादी (केन्द्र) तुलसीपुर ११ को पार्टी कार्यलय उद्घाटन

तुलसीपुर । नेकपा माओवादी (केन्द्र) तुलसीपुर उपमहानगरपालिका वडा ११ को वडा पार्टी कार्यालय उद्घाटन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

वडा नं. ११ स्थित बेलटाकुरामा भएको कार्यक्रममा वडा अध्यक्ष गोपाल मल्लको अध्यक्षता भएको कार्यक्रममा महान् सहिदहरुप्रति सम्मान व्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

गजाधर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा अध्यक्ष मल्लले पार्टी कार्यालय कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिनु भएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य शेसुराम भण्डारी, वशिष्ट अतिथि केन्द्रीय लेखा आयोग सदस्य राम बहादुर दहित (अन्जान), अतिथि नेकपा लुम्बिनी प्रदेश कमिटी सदस्य तथा तुलसीपुर नगर इन्चार्ज प्रभात, लुम्बिनी प्रदेश सदस्य मिना बुढा, लुम्बिनी प्रदेश सदस्य गोपाल वली (प्रबीण), अतिथि नेकपा पार्टी नगर कमिटी अध्यक्ष खुसिराम चौधरी,नगर कमिटी सहसचिव भिम चौधरी, दाङ जिल्ला वाइसिएल संयोजक तथा नगर कमिटी सचिवालय सदस्य माधव बुढाथोकी, सहिद परिवार महिला बिभाग प्रमुख लुम्बिनी प्रदेश मैना राई, वडा १९ वडा इन्चार्ज, हुम बहादुर बस्नेत, दाङ जिल्ला समन्वय सदस्य बेद बोहरालगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रम वडा कमिटी सचिव खम्बु रोकायको सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस