सुन तोलामा ८ सयले बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ। साताको पहिलो दिन आइतबार सुन तोलामा ८ सय रुपैयाँले बढेको हो।

यससँगै आज छापावाल सुन प्रतितोला १ लाख ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघकाअनुसार तेजाबी सुन ९९ हजार ८०० मा कारोबार भइरहेको छ। आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : २०७८ चैत्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस