
काठमाडौ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले उपलब्ध गराएको मूल्यसूचीअनुसार आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार छापावाल सुन आज घटेर ९८ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ ।
त्यस्तै, यसअघि ९८ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज घटेर ९७ हजार ७०० रुपैयाँमा कारोेबार हुने महासंघले जनाएको छ । यता, चाँदी पनि आज घटेर एक हजार ३६० रुपैयाँमा कारोबार हुनेछ । यसअघि चाँदीको मूल्य प्रतितोला एक हजार ३७० रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति : २०७८ चैत्र १६ गते बुधवार