नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाडौं । साताको पहिलो दिन दोहोरो अंकले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार भने दोहोरो अंकले नै बढेको छ । नेप्से परिसूचक १७ दशमलव ९९ अंकले २ हजार ६ सय ३४ दशमलव ५७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.८८ अंकले सुधारिएको छ । ‘क’ वर्गमा २५ वाणिज्य बैंकसहित ३६ वटा कम्पनीहरु रहेका छन् ।

नेप्से परिसूचक उकालो लागे पनि दिनभर भएका ३७ हजार ९३९ कारोबारबाट २३१ कम्पनीका ५१ लाख ८९ हजार ८३ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँ पुगेको छ ।

धेरै बढ्नेमा इमर्जिङ नेपाल कम्पनी पहिलो नम्बरमा देखिएको छ । यसको सेयर मूल्य ५१ दशमलव ९० रुपैयाँले बढेर ५७१ दशमलव ७० रुपैयाँ पुगेको छ । ङ्यादी ग्रुप पावर कम्पनीको ४७ दशमलव ४० रुपयाँले बढेर ६६५ दशमलव २० रुपैयाँमा पुगेको छ ।

त्यस्तै माउन्टेन नेपाल हाइड्रोको २८ रुपैयाँ १० पैसाले बढेर ४४५ रुपैयाँ पुगेको छ । धेरै घट्नेमा भने एनटीसी पहिलो नम्बरमा दोस्रोमा नबिल डिबेञ्चर र तेस्रोमा एनआईबीएल समृद्धि फण्ड देखिएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस