
बिजौरी । मनिकापुर बर्षे सिँचाई कुलो तथा जल उपभोक्ता समितिको तेस्रो साधारण सभा तथा पहिलो अधिबेशन आइबार सम्पन्न भएको छ ।
मनिकापुर पिपल चौतारामा भएको उक्त साधारण सभा तथा पहिलो अधिबेशनले बिसेशन वलीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति समेत गठन गरेको छ ।
लामो समयदेखि बस्न नसकेको साधारण सभाले आज पुर्णता पाएको हो । उक्त साधारण सभामा समितिको आगामी कार्यहरुलाई कसरी अगाडी बढाउने, बाँकी रहेका कामहरुलाई पुर्णता दिन सबैको सरसहयोगमा अघि बढ्ने लगायतका विषयमा बृहत छलफल भएको थियो ।
उक्त साधारणसभामा टेक बहादुर डाँगी, चुर्ण बहादुर वली, पुर्ण बहादुर वली, राकेश बस्नेत, हिरा सिं वली लगायतले समितिको आगामी काम र कर्तब्यको बारेमा जानकारी दिदैँ नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।
मनिकापुर बर्षे सिँचाई तथा जल उपभोक्ता समितिका निवर्तमान अध्यक्ष टोपराम वलीको अध्यक्षता बसेको साधारणसभा तथा पहिलो अधिवेशन संस्थाका निवर्तमान कोषाध्यक्ष दिपक वलीको स्वागत मन्तब्यबाट सुरू भएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका वर्तमान सचिव कपिल लामिछानेले गरेका थिए ।