काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ घटेको छ। आज सुन तोलाको ६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार छापावाल सुन तोलाको ९९ हजार २ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ९८ हजार ७ सयमा कारोबार भएको महासंघले जनाएको छ।
त्यस्तै आज चाँदीको मुल्यमा पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ७५ मा कारोबार भइरहेको छ।
प्रकाशित मिति : २०७८ चैत्र ६ गते आइतवार