प्रेस सेन्टर राजपुर शाखाको अध्यक्षमा बुढा

राजपुर । प्रेस सेन्टर नेपाल दाङले राजपुर गाउँपालिका शाखा गठन गरेको छ । राजपुर गाउँपालिकाको गंगदीमा प्रथम ऐतिहासिक भेला गर्दै १९ सदस्यीय शाखा गठन गरेको हो ।

भेलाले शाखा अध्यक्षमा शान्त कुमार बुढा मगरलाई चयन गरेको छ भने उपाध्यक्षमा सुमित्रा खड्का र श्याम बाबु भण्डारीलाई चयन गरेको छ । त्यस्तै सचिबमा प्रेमी सोमइ मगर, सहसचिवमा जमुना यादव र कोषाध्यक्षमा तिलक राना रहेका छन् ।

भेलाले सदस्यहरुमा जनक कुमाल, सुनिता यादव, सिता चौधरी, शर्मिला चौधरी, आरती चौधरी, प्रीती माया बुढा, सुवास यादव, भुमिसरा घर्ती, शान्ती कुमारी कुमाल, लक्ष्मि गिरि, टेक बहादुर वि.क. रमेश पुन र सिवानि सेन्चुरी चयन गरेको छ भने सल्लाहकारमा चेत राम यादवलाई चयन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तव्य दिंदै नेकपा माओवादी केन्द्र राजपुर गाउँपालिका अध्यक्ष श्याम रोकाले सूचना सञ्चारको मामिलामा राजपुर पछिपरेको बताएका छन् । उनले पालिकामा पत्रकारिता तालीम दिए पनि पत्रकार उत्पादन गर्न नसकेको भन्दै अबको दिनमा संगठन निर्माणले आफुहरुलाई उत्साह मिलेको बताए ।

चेतराम यादवको अध्यक्षतामा भएको कार्यक्रमको बिशिस्ट अतिथि प्रेस संगठनका लुम्बिनी प्रदेश बरिष्ठ उपाध्यक्ष प्रकाश चौधरी, संगठनका जिल्ला सदस्य पाण्डब शर्मा, अतिथिहरुमा नेकपा माओवादी केन्द्र राजपुर गाउँपालिका सहसचिव दिलमति ओली, वडा नम्बर २ का अध्यक्ष दुर्गा प्रसाद शर्मा, पालिका प्रचारप्रसार बिभाग प्रमुख पुस्कर वली रहेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस