
काठमाडौं । चैत महिनाको पहिलो दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १७ दशमलव १५ अंकले घटेर २ हजार ६ सय ५० दशमलव ९७ अंकमा झरेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबारका मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव २६ अंकले घटेको छ । नेप्से परिसूचक सुस्ताउदा कारोबार रकम पनि ३ अर्ब ३६ करोडमा रोकिएको छ ।
नेप्सेका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी ३।१६ प्रतिशत बढेको छ। जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
मंगलबार कारोबारमा आएकामध्ये इमर्जिङ नेपालको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै सगरमाथा इन्स्योरेन्स र सोल्टी होटलको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। तर नेपाल टेलिकमको शेयरमूल्य ५.१३ प्रतिशत घटेको छ।