ग्रीन भेन्चर्सले चैत्र ८ गतेदेखि आईपीओ जारी गर्ने

काठमाडौं । ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले चैत्र ८ गतेदेखि सर्वसाधारणहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि १० प्रतिशत आईपीओ बिक्रि गरिसकेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । छिटोमा चैत्र ११ गतेदेखि ढीलोमा चैत्र २२ गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस