राष्ट्र उत्थानको आईपीओ नेप्सेमा सूचीकृत

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको साधारण शेयर आईपीओ बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको २६ लाख कित्ता आईपीओ आज सूचीकृत भएको हो।

कम्पनीले ८ लाख ५० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन तथा विक्री खुला गरेको र १७ लाख ५० हजार कित्ता शेयर संस्थापकहरुको लगानी गरेकोसहित गरेर कुल २६ लाख कित्ता शेयर सूचीकृत गराएको हो ।

नेप्सेमा उक्त कम्पनीको शेयर पहिलो कारोबारको लागि प्रतिकित्ता १६७ दशमलव ४३ रुपैयाँदेखि ५०२ दशलमव २९ रुपैयाँ तोकेको छ।

अब कम्पनीको शेयर आइतबारदेखि कारोबारमा आउनेछ।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस