काठमाडौं । बुधबार नेप्से परिसूचकमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २५ सय १४.६५ बिन्दुमा पुगेर बन्द भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार ३० दशमलव २९ अंकले नेप्सेमा गिरावट आएको छ। मंगलबारको सार्वजनिक बिदापछि खुलेको सेयर बजारमा बुधबार कारोबार रकममा समेत गिरावट आएको छ ।
सोमबार नेप्सेमा दुई अर्ब ६० करोड रकम बराबरको कारोबार भएकोमा बुधबार दुई अर्ब ३५ करोड २३ लाख १७ हजार १ सय ४२ रुपैयाँको कारोबार भएको छ ।
सेयर बजारमा बुधबार दुई सय २९ कम्पनीको सेयर किनबेच भएको थियो । एक सय ९४ कम्पनीका सेयरधनीले रकम गुमाएका छन् भने जम्मा २९ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।
आज माउन्टेन इनर्जीको शेयरमूल्य ८.१० प्रतिशतले बढेर एक हजार एक सय ३५ रूपैयाँ पुगेको छ ।
यस दिन विशाल बजार कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार


