सुनको मुल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ

काठमाडौं । बुधबार नेपालमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो ।

अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ प्रतितोला बढेको सुनको मूल्यमा रुस-युक्रेन युद्धको प्रत्यक्ष प्रभाव देखिएको छ । तेजावी सुनको मूल्य भने १ लाख ५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य बुधबार १४५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ४० रुपैयाँले बढेको हो । सुनको मूल्य यसअघि १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेर फर्किएको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस