नेष्डो लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट गरिएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले मंगलबार आईपीओ बाँडबाँट गरेको हो ।

कम्पनीको आईपीओमा माग भन्दा ३८ गुणा बढी अर्थात २६ लाख भन्दा धेरैले आवेदन परेको थियो । योग्य आवेदकहरु मध्येबाट ७७ हजार ४ सय ५६ जनाले गोलाप्रथाबाट १०/१० कित्ताका दरले ७ लाख ७४ हजार ५ सय ६० कित्ता आईपीओ हात पारेका छन् ।

११/११ कित्ताका दरले बाँड्दा ३ कित्ता बढी भएको थियो । सो तीन कित्ता आईपीओ परेका मध्ये तीन जनाले पाएका छन् ।

संस्थाको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओका लागि गत बुधबारदेखि खुला भएको थियो । कुल ८ लाख २८ हजार ७५० कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी भने ७ लाख ७४ हजार ५६३ कित्ता सेयर छुट्याइएको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस