नेप्सेमा झिनो अंकले सुधार

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १.५४ अंकले बढ्दै २५ सय ४४.९३ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक ३.६६ अंकले घटेर २५ सय ४३.३९ विन्दुमा झरेको थियो ।

तर, यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने आज पनि २.१४ अंकले बढ्दै ४९२.२६ विन्दुमा उक्लिएको छ । यसदिन बैंकिङ, होटल तथा पर्यटन, निर्जीवन बीमा, म्यानु एण्ड प्रो र अर्थस् समूहको उपसूचक हरियो भएका छन् भने बाँकी अन्य सबै उपसूचक राताम्मे भएका छन् ।

१.५४ अंकले बढेको बजारमा आज २ अर्ब ६० करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस