बबई ७ मा ३ दिने महिला सशक्तीकरण तालिम सुरू

बबई। दाङकाे बबई गाउँपालिका वडा नं. ७ मा ३ दिने महिला सशक्तीकरण तालिम सुरू भएकाे छ । छहरा मिडिया प्रा.लि.काे आयाेजना तथा ७ नं. वडा कार्यालयकाे आर्थिक सहयाेगमा संचालित ३ दिने महिला सशक्तीकरण तालिमकाे आइतबार एक कार्यक्रमका विच उद्घाटन गरिएकाे हाे ।

छहरा मिडिया प्रा.लि.का निर्देशक प्रेम पुनकाे अध्यक्षता एवं वडा अध्यक्ष महाविर चाैधरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे । कार्यक्रममा बाेल्दै वडा अध्यक्ष चाैधरीले महिलाहरू हक अधिकार सुनिश्चितताका लागि अगाडि बढ्नुपर्ने बताए । घरकाे चुलाेचाैकाेमा मात्र सीमित नभएर विभिन्न क्षेत्रमा सक्रिय लाग्न आग्रह गरे ।

३ दिने महिला सशक्तीकरण तालिममा विभिन्न टाेलका महिला पुरूष गरी ३० जनाकाे सहभागिता रहेकाे छ । तालिमकाे प्रशिक्षकमा कुल वहादुर चौधरी, बालुराम चाैधरी रहेका छन् । गाउँ कार्यपालिका सदस्य तथा वडा सदस्य रूपा रानाकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण टाेप वहादुर चाैधरीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस