दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ मा नियमित पुजा पाठ गरिने भएको छ । धार्मिक उप समितिले दैनिक रुपमा पुजा पाठ गर्ने निर्णय गरेको छ ।
प्रदर्शनी अवधिभर अखण्ड दिप प्रज्वलन गरिने भएको मुल आयोजक समितिका सहसंयोजक नरेश कार्कीले जानकारी दिए । त्यसैगरेर चैत ५ गते २१ बटुकद्धारा लघु रुद्री पाठ गरिने भएको छ । लघु रुद्रीको जिम्मा प्रकाश भट्टराई, भजन कृतनको जिम्मा घनश्याम केसी, दैनिक योगका लागि पतञ्जली योग समिति, दैनिक पुर्जा पाठका लागि टोपेन्द्र पौडेललाई जिम्मा दिएको धार्मिक उप समितिका संयोजक विष्णुप्रसाद गौतमले जानकारी दिए ।
प्रर्दशनीको समयमा हेलिकप्टर मार्फत लुम्विनी प्रदेशका विभिन्न जिल्ला तथा कर्णाली प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने व्यवस्था मिलाइएको मुल आयोजक समितिका संयोजक टंकसिह बुढाथोकीले जानकारी दिए । हेलिकप्टरमार्फत नागरिकको इच्छाअनुसार पर्यटकीय तथा धार्मिक स्थल सम्म पुग्ने भएको उनले बताए ।
भोजन तथा आवास व्यवस्थापन उप समिति विस्तार गरिएको छ । उप समितिका संयोजक विष्णुप्रसाद रिजालको अध्यक्षता तथा मुल आयोजक समितिका सहसंयोजक नरेश कार्कीको प्रमुख आतिथ्यतामा भएको बैठकले समिति विस्तार गरेको हो ।
समितिको सदस्यमा दिपेन्द्रकुमार पुन मगर, इश्वर बुढामगर, मोहन केसी, टिकाराम भुसाल, श्यामकुमार वि क, खर्कसिंह पुन, भरत पछाई, मानवहादुर घर्ती, शंकर अधिकारी, नवराज मैनाली रहेका छन् ।
खानेपानी तथा सरसफाइ उप समिति विस्तार गरिएको छ । उपसमितिका संयोजक मित्रदेव अधिकारीको अध्यक्षता तथा मुख आयोजक समितिका सहसंयोजक रामप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा वसेको बैठकले समिति विस्तार गरेको हो । समितिको सदस्यहरुमा रुद्रवहादुर डाँगी, भक्तवहादुर केसी, विष्णु जि सी, विष्णु पोख्रेल, दुर्गाप्रसाद घिमिरे, सुमन शर्मा र विशाल गिरी रहेका छन् ।
संघको आयोजनामा “उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भरमुखी अर्थतन्त्रको निकास” भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ८ गतेसम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको लागि प्रचार प्रसार, चिठी पत्र पठाउने, भेटघाट, छलफल तथा प्रदर्शनी स्थलमा भौतिक निर्माण कार्य समेत तिव्रता दिएको प्रर्दशनी मुल आयोजक समितिका सहसंयोजक तथा संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए ।
प्रदर्शनीलाई मर्यादित तथा व्यवस्थित बनाउन सबै उपसमितिले काम अगाडि बढाएको उनको भनाइ छ । अहिले सबै उपसमितिहरुले आफ्नो कामलाई तिव्रता दिएका छन् । अहिले सबै उपसमितिहरुले आफ्नो जिम्मेवारीअनुसार आफ्नो कामलाई तिव्रता दिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका सञ्चार संयोजक अमरराज आचार्यले जानकारी दिए ।