काठमाडौं । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९०० ले बढेर ९९ हजार ९०० पुगेको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४०० तोकिएको छ।
यसको मूल्य बिहीबार प्रतितोला ९८ हजार ५०० थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहि प्रतितोला एक हजार ३८० कायम रहेको महासङ्घले जनाएको छ।
प्रकाशित मिति : २०७८ फाल्गुन २० गते शुक्रवार


