काठमाडौं । भोलि (बिहीबार) शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा सरकारले बिदा दिने निर्णय भएको छ । गृह मन्त्रालयले भोलि सो पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
गृहमन्त्रीको निजी स्वकीय सचिव नरेन्द्र केसीले मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको बताए । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ ।
ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ) , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते बुधवार


