सेयर बजार ४३ अंकले घट्यो

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । कारोबारको सुरुवाती केही घण्टा बढेको बजार अन्ततः ४३.१२ अंकले घटेर २६१०.५८ को बिन्दुमा आएको छ ।

सोमबार कारोबारमा आएका सबै उपमसमूह राताम्मे रह्यो । दोस्रो बजारमा कारोबारमा आएका २२७ कम्पनीमध्ये ७ कम्पनीको मूल्य बढ्दा १८३ कम्पनीको मूल्य घट्यो भने एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।

सोमबार कुल कारोबार रकम ३ अर्ब ६६ करोडमा सीमित हुँदा तनहुँ पावर कम्पनी र सामलिङ्ग पावर कम्पनीको सेयर मूल्य सर्किट लेवलमा घट्दा लगानीकर्ताले धेरै गुमाए ।

प्रकाशित मिति : २०७८ फाल्गुन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस