
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार गत बिहीबार यता सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेको छ । आइतबार मात्रै सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ । गत बुधबार छापावाल सुनको मूल्य यो वर्षकै उच्च प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार ६ रुपैयाँ र तेजावी सुनको मूल्य ९६ हजार एक सय रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदी मूल्य पनि गत बुधबारयता तोलामा ६० रुपैयाँले घटेको महासंघले जनाएको छ । आइतबार चाँदीको प्रतितोला मूल्य अघिल्लो दिनमा भन्दा ४० रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार