हेमन्तपुर । नेकपा माओवादीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला सह–इन्चार्ज हेमराज शर्मा (डायमण्डं)ले दशवर्षे जनयुद्धले ल्याएको राजनीतिक परिवर्तन उपलब्धी गुम्न सक्ने खतरामा रहेको बताउनुभयो ।
नेकपा माओवादी तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ ले आयोजना गरेको पुर्व जनमुक्ति सेना सम्मान तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले यस्तो बताउनुभएको थियो ।
नेकपा माओवादी तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष लोक बहादुर बहकरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शर्माले दशवर्षे जनयुद्धले जनताको अधिकार नेपाली जनताले प्राप्त गरे पनि प्रतिगमनकारी शक्तिहरुको आन्तरिक तथा बाह्य हस्तक्षेपका कारण मुलुकमा प्राप्त राजनीतिक उपलब्धीहरु गुम्न सक्ने खतरामा रहेको बताउनुभयो ।
जनयुद्धले जनताको अधिकार सुनिश्चिचता गर्दै जनता आफ्नो संविधान आफै निर्माण गरे पनि प्रतिक्रियावादी शक्तिहरुले त्यो संविधान स्विकार गर्न नसक्दा संविधान विपरितका अनेकौं काम गरिरहेको बताउनुभयो । अहिले मुलुकमा तिनै शक्तिहरुले सहयोगका नाममा मुलुकको स्वाधिनता खतरामा पार्ने काम गर्न खोजिरहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेश सदस्य तुल्सी डाँगी (मिलन)ले मुलुकको स्वाधिनताको रक्षाका लागि राष्ट्रवादी शक्तिहरु एकताबद्ध बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा माओवादीका नेता शेशुराम भण्डारी, नेकपा माओवादी केन्द्र तुल्सिपुर उपमहानगरपालिकाका अध्यक्ष खुशीराम चौधरी लगायतका लागि बोल्नुभएको थियो । पार्टी सहसचिव गिरिराज नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको पावित्रा रोका लगायतकाले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण सचिव डिल्ली ददेलले गर्नुभएको थियो ।