सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार ९८ हजार कायम भएको छ ।

बिहीबार सुन तोलामा २५ सय रूपैयाँले महंगिएको थियो ।

तेजावी सुनको मूल्य शुक्रबार प्रतितोला ९८ हजार ५ सय रुपैयाँबाट झरेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य भने प्रतितोला १३ सय ५५ रुपैयाँमा स्थिर बसेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस