नेप्से परिसूचक २५ अंकले बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार ३९.४ अंकले घटेको सेयर बजारमा सोमबार भने सुधार आएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २५ दशमलव ४१ अंकले बढेर २ हजार ७ सय १८ दशमलव ५१ अंकमा पुगेको हो ।

उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.१५ अंकले बढेको छ ।

सोमबार नेप्से परिसूचकमा सुधार आए पनि कारोबार रकम भने आइतबारको भन्दा पनि घटेको छ । आइतबार चार अर्ब रुपैयाँको कारोबार भएकोमा सोमबार ३ अर्ब पनि पुगेन ।

दिनभर भएका ४० हजार ८६९ कारोबारबाट २२४ कम्पनीका ४९ लाख ९२ हजार ८७९ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँमा रोकिएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस