शुक्रबार ४ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार पनि सुन चाादीको मूल्य बढेको छ । बिहीबार तोलामा एक हजार रुपैयाँले बढेको सुनको भाउ आज चार सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ ।

महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ तोकेको छ भने तेजावी सुनको मूल्य आज ९६ हजार रुपैयाा छ । बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार एक सय र तेजावी सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाामा कारोबार भएको थियो ।

आज चाँदीको प्रतितोला मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय ५ रुपैयाँ पुगेको छ । बिहीबार १३ सय ९५ रुपैयाँ प्रतितोला चाँदीको खरिद बिक्री भएको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस